ताजा सूचना
उद्धार कार्य
म्यागङ गा.पा., नुवाकोट- संघीय सासंद माननीय श्री बहादुर सिं लामा र पासाङ ल्हामु बस सेवा समिति, नुवाकोटका कोषाध्यक्ष श्री धन बहादुर गुरुङको विशेष सहयोगमा काठमाण्डौँ उपत्यका लागायत अन्य ठाउँमा विभिन्न पेशा, व्यवसाय, ज्याला, मजदुरी र अध्ययनको सिलसिलमा बस्दै आउनुभएका म्यागङ बासीहरु विश्व्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको लकडाउन घोषणको कारण अलपत्र अवस्थामा रहेको हुँदा उद्धारको निमित्ता नि:शूल्क १ सुमो र ७ डिलक्स बस मिति २०७७ बैशाख ११ गते साँझ काठमाण्डौँ पठाई बैशाख १२ बिहान यस गा.पा. क्षेत्रभित्र उद्धार गरिएको छ । साथै म्यागङ २, ३ र ४ वडा गरी करिव ३१३ जना उद्धार गरिएका व्यक्तिहरुलाई यसै म्यागङ गा.पा. वडा नं. ३ स्थित देउराली प्राथामिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य चेक जाँच गरिएको र म्यागङ ५, ६ का ९ व्यक्तिहरुको हकमा सामरी स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरिएको जानकारी गराँउदछौँ । उद्धार गरी ल्याईएको व्यक्तिहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार/प्रदेश सरकार र गाउँपालिकाले जारी गरेको निर्देशनहरु पूर्ण रुपमा पालना गरी आवश्यक सहयोगको लागि समेत अनुरोध छ । साथै म्यागङ बासीहरुको उद्धारको लागि आवश्यक सहयोग गरिदिनुभएका सबैमा म्यागङ गाउँपालिका परिवारको तर्फबाट मुरी मुरी धन्यवाद ज्ञापन गर्दछौँ, धन्यवाद !
आशा तामाङ अध्यक्ष
(म्यागङ गाउँपालिका परिवार)