ताजा सूचना
एम.आइ.एस. अपरेटर र फिल्ड सहायकको सीप परीक्षण र अन्तरवर्ता परीक्षामा उपस्थिती हुने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, बबरमहल, काठमाण्डौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, 2076 अनुसार विभागले छोटो सूचीमा प्रकाशित गरी चलानी नं. 357, मिति 2076/06/17 गते पठाइएको पत्रानुसार सीप परीक्षण तथा अन्तरवर्ता परीक्षाका लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा उपस्थित हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।