ताजा सूचना
बिदा सम्बन्धी सूचना !
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (COVID-19) को जोखिमलाई ध्यान दिँदै चैत्र 11 बिहान 6 बजेबाट लागु भई चैत्र 18 गते बिहान 6 बजेसम्म कायम रहने गरि यस गाउँपालिका अन्तरर्गत रहेका प्रशासन शाखा प्रमुख, सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुख, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र म्यागङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु बाहेक अन्य कर्मचारीहरुलाइ आवश्यक पर्दा कुनै पनि समयमा उपस्थित हुने गरी विदा दिइएको छ।