FAQs Complain Problems

ताजा सूचना

सूचना तथा समाचार

३ दिने तालिम शुरु

गाउँपालिका साझेदारी कार्यक्रम अन्तर्गत सकारात्मक सोँच , प्रशंसनीय दृष्टिकोण तथा न्यायिक समता सम्बन्धि ३ दिने तालिम फाल्गुन २१ गतेदेखि शुरु भएको छ ।

ल्होछारमा सार्वजनिक बिदा थप सम्बन्धी सूचना !

२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ २२ गते सार्वजनिक बिदा दिने भनी यस अघि निर्णय भएकोमा ल्होछार पर्वलाई थप हर्षोल्लासका साथ मनाउन माघ २३ गते बुधबार थप १ दिन म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

योजनाहरुको अनुगमन सम्पन्न

म्यागङ गाउँपालिकाको वडा नं‍. ५ र ६ मा सञ्चालित बिभिन्न चालु तथा सम्पन्न योजनाहरुको अनुगमन  सम्पन्न भएको छ ।

सार्वजनिक बिदा सम्बन्धी सूचना

२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ ११ गते मंगलबार १ दिन  म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

म्यागङका अग्ला डाँडामा हिउँ

२०७५ माघ १२ ।

जाडोको मौसममा निरन्तर बर्षा भएसँगै म्यागङ आसपासका म्यागङ , लोगिल , लम्बडापङ लगायतका अग्ला डाडाँहरुमा आज बाक्लो हिउँ परेको छ । हिउँमा थुप्रै मानिस खेल्दै रमाएको देख्न सकिन्थ्यो ।

कृषि तथा पशु कार्यक्रम सम्बन्धि सूचना

चालु आ.व.को लागि यस गाउँपालिकाले  कृषि तथा पशु कार्यक्रम निर्माण गर्न लागेको हुँदा २०७५ माघ १० गते सम्ममा कृषि फर्म तथा समूहहरुले बजेट मागसहित आवेदन पेश गर्न सक्नुहुनेछ ।

आवश्यक कागजातहरुः

- निवेदन तथा कार्ययोजना

- वडा कार्यालयको सिफारिश 

Pages