म्यागङ गा.पा. वडा नं. १, बर्सन्चेतमा आ.ब. २०७६/०७७ दोश्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम, वडा अध्यक्ष (वडा नं. १), ज्योति विकास बैङ्क (देउराली शाखा) र गा.पा. पञ्जिकरण विभागको संयुक्त सहकार्यमा सुरक्षा वापत् पाउने रकम वितरण गरियो । साथै घर-दैलौ कार्यक्रमबाट रकम पाउन छुट्नु भएका अथवा गाउँ भन्दा बाहिर बस्दै आउनुभएका म्यागङ गाउँपालिका अन्तरगतका लाभग्राहीहरुले सम्बन्धित बैङ्कको शाखा कार्यालयबाट आगामी दिनहरुमा आफ्नो रकम पाउन सकिने व्यहोरा अनुरोध छ ।
ताजा सूचना
ग्यालरी
विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको लकडाउन घोषणको कारण आ.ब. २०७६/०७७ दोश्रो चौमासिक, सामाजिक सुरक्षा भत्ता बैङ्कि प्रणालीबाट प्रत्यक्ष रुपमा वितरण गर्न नसकिएको कारण लाभग्राहीहरुको सुविधाको लागि गा.पा. अध्यक्ष श्री आशा तामाङज्यूको नेतृत्वमा ज्योति विकास बैङ्क र गा.पा. पञ्जीकरण विभागको संयुक्त सहकार्यमा सा.सु.भ. वापत् पाउने रकम घर दैलोमा पुगी वितरण गर्ने कार्य सुरु गरियो । सा.सु.भ. लाभग्राहीहरुले आफ्नो सुरक्षा वापत् को रकम आफ्नो घर दैलोबाट नै प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराँउदछौँ ।
म्यागङ गा.पा., नुवाकोट- संघीय सासंद माननीय श्री बहादुर सिं लामा र पासाङ ल्हामु बस सेवा समिति, नुवाकोटका कोषाध्यक्ष श्री धन बहादुर गुरुङको विशेष सहयोगमा काठमाण्डौँ उपत्यका लागायत अन्य ठाउँमा विभिन्न पेशा, व्यवसाय, ज्याला, मजदुरी र अध्ययनको सिलसिलमा बस्दै आउनुभएका म्यागङ बासीहरु विश्व्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको लकडाउन घोषणको कारण अलपत्र अवस्थामा रहेको हुँदा उद्धारको निमित्ता नि:शूल्क १ सुमो र ७ डिलक्स बस मिति २०७७ बैशाख ११ गते साँझ काठमाण्डौँ पठाई बैशाख १२ बिहान यस गा.पा.
यस म्यागङ गाउँपालिका अन्तरगत भारत तथा अन्य विदेशबाट आइ क्वारेनटाईनमा बसी आउनुभएका व्यक्तिहरुको Rapid test kit बाट (कोभिड-१९) कोरोनाको सफल परिक्षण गरियो साथै सबै परिक्षण नेगेटिभ आएको जानकारी समेत गराँउदछौँ ।
परिक्षण स्थान: देउराली प्राथामिक स्वास्थ्य केन्द्र
कोरोना भाइरस (COVID-19) रोकथम तथा नियन्त्तणको लागि भेक्सिन छर्ने कार्यक्रमको निरन्तरता... ॥ सामरी बजार- पोखरी- मैबोल- फलाटे- भर्याङभुरुङ- जोरचौतरा- कल्लाबारी॥
विश्वभर महामारी रुपमा फैलिरहेको कोरोना भइरास (COVID-19) को बचाऊ तथा नियन्त्रणको लागि म्यागङ गाउँपालिका वडा नं. ३ स्थित गोगने देखि म्यागङ गा.पा. वडा नं. २ बुङताङ सम्म गा.पा. अध्यक्ष श्री आशा तामाङ र गा.पा. टिमद्धारा भेक्सिन स्प्रे छर्ने कार्य गरियो । (म्यागङ गा.पा. परिवार) #StayHome #StaySafe
म्यागङ गा.पा. वडा नं. १, बर्सुन्चेतको प्राकृतिक तथा भौतिक सौन्दर्य दृश्य ।
मिति २०७६/११/२७ गतेका दिन चौथो गाउँपालिका स्थापन दिवसको अवसरमा लोक सेवा आयोगबाट सिफारिस भइ यस गाउँपालिकामा नियुक्ति हुनु भएक नव आगन्तुक कर्मचारीहरुलाई स्वागत कार्यक्रम गरी भव्यताका साथ मनाइयो । साथै दुब्चेश्वर गाउँपालिका र पन्चकन्या गाउँपालकिाद्धारा आयोजित पालिका स्तरिय भलिबल प्रतियोगितामा क्रमश: प्रथम र द्धितिय स्थान हासिल गरी यस गाउँपालिकाको मान लाई उच्च राख्नु भएका खेलडी प्रेमीहरुलाई सम्मान पत्र प्रदान गरियो ।