धन्यवाद AUDIT TEAM.
ताजा सूचना
ग्यालरी
आ.व. २०७७/०७८ को बार्षिक समिक्षा तथा आ.व. २०७८/०७९ को प्रथम चौमासिक समिक्षा कार्यक्रम सु-सम्पन्न गरियो।
यस म्यागङ गाउँपालिकामा कार्यरत अ.सब.ईन्जिनियर श्री मनीश कुमार गुप्ता नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक सिभिल ईन्जिनियर तर्फ वारिष्ठ सहायक पाँचौ तहमा सिफारिस हुनु भई जान लाग्नु भएकोमा वहाँको आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना सहित हार्दिक बदाई।
म्यागङ गाउँपालिका वडा नं. १, बर्सुन्चेत स्थित नवनिर्मित श्री बर्सुन्चेत स्वास्थ्य चौकीको अवस्था।
यस म्यागङ गाउँपालिका अन्तर्गत स्थानीय तहहरुका लागि लैङ्गिक उत्तरदायी बजेट अभिमुखिकरण कार्यक्रम सु-सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा म्यागङ गाउँपालिका स्वास्थ्य शाखा र बुङताङ स्वास्थ्य चौकीको सहयोग र व्यवस्थापनमा मिति २०७८ कार्तिक ९ गते महिला तथा पुरुष स्थायी बन्ध्याकरण शिविरमा १२ जना महिला १ जना पुरुष गरी जम्मा १३ जना व्यक्तिहरुको सफलता पूर्वक अप्रेशन गरियो।
स्थान: बुङताङ स्वास्थ्य चौकी, म्यागङ २
मिति: २०७८/०७/०९
चालु आ.व. २०७७/०७८, गाउँपालिका कृषि तथा पशु कार्यक्रम अन्तर्गत प्रजनन बोका वितरण र खोर सुधार अनुदान उपलब्ध गराईयो।
मिति: २०७८/०३/१४
आठौँ म्यागङ गाउँसभा भव्य र सव्यका साथ सम्पन्न गरियो।
मिति: २०७८/०३/१०
यस म्यागङ गाउँपालिकाको चालु आर्थिक बर्ष २०७७/०७८ को कृषि कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कृषक वर्गहरुको लागि कृषि सामाग्री गा.पा. अध्यक्ष श्री आशा तामाङ, उपाध्क्ष श्री शान्ति लामा गुरुङ र वडा अध्यक्ष श्री हरि बहादुर तामाङज्यू द्धारा वितरण गरियो।
स्थान: कृषि तथा पशु सेवा शाखा, देउराली
लाभविन्त कृषक: म्यागङ-३, देउराली
साथै यस कार्यक्रम अन्तर्गत वडा नं. २,५ र ६ मा वितरण भईसकेको र बाँकी वडामा वितरण कार्य जारी रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
मिति: २०७८/०२/२७
वरिष्ठ नेता श्री अर्जुन नरसिंह के.सी. अध्यक्षता यशोदा देवी-भगवान सिंह केसी मेमोरियल ट्रस्टबाट अक्सिजन कन्सन्ट्रेटर सहित आवश्यक स्वास्थ्य सामाग्री प्राप्त भएको व्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ।
मिति: २०७८/०२/२७